अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 18:26

शुन्यताको बोध सिकायो !!!

शालिकराम घले २०८१ माघ १० गते १४:५६ मा प्रकाशित

कबिता

भुकम्प आयो है!!
घर लुग-लुग काम्दै थियो
कायाले कुन्डलिनीको स्वाद दिलायो
मन बिचार स्थिर थियो
स्वाध्यायको बोध गरायो !
बाहिर ठूलै हो-हल्ला भयो
लौ न लौ भाई के गर्ने सुनियो

मन्द मुस्कान म भित्र थियो
अस्तित्त्वको लीला गजब भयो
भूकम्पका यि गतीहरुले
जिवनको मीठो परिचय गरायो

परमात्माको यो अद्भुद खेलले
शुन्यताको बोध सिकायो !!!!