चार पर्खालको अँध्यारोमा
दिन रात एकै भा छ
कुरी राछु आफ्नै म्रित्यु
हुँदै जिउँदो लास
आफ्नो मान्छेले त छोडी गए
एक्लै अरूकाको साथ
न भोक,न प्यास निन्द्रा भगवान्
मात्र तिम्रै छ आस
चार पर्खालको अँध्यारोमा
दिन रात एकै भा छ
कुरी राछु आफ्नै म्रित्यु
हुँदै जिउँदो लास
कति रोऊ कराऊ, हांशू के म
छैन बोल्ने सुन्ने
के लाको छु मैले, कस्तो भा छु
कसलाई के म भन्ने
जिउँदो छु की मरी सकेँ
म आफै अल्मल्मा छु
न बिपना छ, न सपना देख्छु
बस चिता कुरी रा छु
चार पर्खालको अँध्यारोमा
दिन रात एकै भा छ
कुरी राछु आफ्नै मृत्यु
हुँदै जिउँदो लास
जे दिन्छन् खान्छु मिठो मानी
छैन कुनै स्वाद
पुराना सबै कुरा भुलिसके
धमिलो भयो याद
म्रित्यु तिम्लाई कुरी बस्या
बर्षौ भयो अब
म लाचार अशक्तको पालो
आउँछ भन कब ?
म लाचार अशक्तको पालो
आउँछ भन कब ?
चार पर्खालको अँध्यारोमा
दिन रात एकै भा छ
कुरी राछु आफ्नै म्रित्यु
हुँदै जिउँदो लास
कुरी राछु आफ्नै म्रित्यु
हुँदै जिउँदो लास