अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 16:22

कति धाउँछौ मन्दिर

मिना पौडेल २०८१ फागुन २ गते १४:४८ मा प्रकाशित

कति धाउँछौ मन्दिर मन्दिर,
कती नुहाँऊछौ गङ्गा,
तनको मैलो कति पखाल्छौ
पैले मनको मैलो पखाल,
कति धाउँछौ म…….

पाइला पाइलामा ईश्वर भेट्छौ
मनको दृष्टिले हेर तिमी,
दिन दुखीमा खोज तिमी,
तिनैमा भेट्छौ ईश्वर तिमी
कति धाउँछौ ……..

ढुङ्गामा तिमी भोग लगाँऊछौ,
खॅादैन उसले कहिले त्यो
दिन दुखीको भोक मेटाउ,
तिनैमा पाउँछौ ईश्वर तिमी,
कति धाउँछौ मन्दिर ….

प्रतिक्रिया