अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३
| Colorodo: 04:58
पोहर मनभरि खडेरी पर्यो,
बर्सातको प्रतीक्षामा,
समय त्यसै बित्यो
मनको ब्याड,
पटपटी फुटेर सुक्यो,
सायद नियतिको खेल होला
कतैबाट एक थोपा पानी पनि
मनको खेतमा झरेन!!
त्यसैले त,
पोहोर साल
मनको खेत बाँझै भयो,
कुन्नि थाहा छैन….
यसपालि के के हुने हो…?
सुन्छु,
यसपालि त मनसुनी वर्षाले
चक्काजाम गर्छ रे
कुलोहरूले त झन्
बन्द कार्यक्रमको
आयोजना गर्छन् रे
डोल्पाको क्रन्दन,
दुनैको पीडा,
उफ:
कस्तो विडम्बना….?
स्वच्छ परिश्रमले
तनको लाज र
पेटको भोक
मेटाउने आकांक्षा,
एउटा सपना,
केवल,
सपना नै भएर टरिरहेछ
बितिरहेछ
यसैले त,
भन्न मन लाग्छ
कठै मेरो मन….