अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

बाइक र मानिस

शालिकराम घले २०८१ जेठ ११ गते ९:४६ मा प्रकाशित

हावाको गति मै तिमी दौडिन्छौ,
जीवनको मति झैँ तिमी हुइँकिन्छौ,
क्यज र ब्रेकको जिन्दगी तिम्रो,
न्युट्रल हुँदै पाँच गेहेर सम्म लिन्छौ।

जीवनको प्रत्येक मोड- मोडमा,
मोडलिङ्गको उपमा बन्दै,
बेला-बेला सर्भिसिङ्गको मूल्य तिराउँदै,
अनि मोबिलको दस्तुर चुकाउँदै
जीवनलाई उछल्-कुद सिकाउँदै
परिवर्तनको आयाम बन्छौ।

शरीरमा तिम्रो मोबिलको टुवालो,
पाँच नम्बर स्पिडमा कुद्छौ – तिमि
रङाएको छ उन्मुक्तिको लागि,
हिलो र धुलोको नृत्यले
कठै बरा हुन्छौ -तिमी।

पानीको पोहोरा र
मलमल कपडाले सफा त हुन्छौ -तिमी
एक दिन सबै कुरा बाट अघाएर
कवाडीमा पनि बिक्दछौ तिमी

भन त ,
हामी मानव
कहिले मुक्त हुन्छौ -तिमी झैँ
रिस राग र द्वेशको मोबिलले
कति नम्बरको अस्तित्वको
गति कतिमा कुदाउ ?

मूल्यहीन जीवन पनि तिमी झैँ
कवाडी बन्छ,
कवाडी हुन्छ,
मूल्य छैन कवाडीको
अनि जीवन कवाडी मै मिल्छ!!

========
बकैया- ९, मकवानपुर