अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

मोबाईल

शालिकराम घले २०८१ असार १३ गते २१:०२ मा प्रकाशित

आज,
मोबाईल हात न भए
दिन कटाउन छ !
घरमा चोर आए पनि

दुई चार हजार लगे पनि
हामीलाई के खाचो छ…?१
पानी, बतास, सुनामी
घरको माया भएन्,

भुइचालो आए पनि
थाहा किन भएन…?२
कहाँ बस्न सकिन्छ र
मोबाईल हजुर बिना

बाल्, बृद्ध, युवा-युवती
मोबाइल मै छन सारा!!३
कहाँ चित्त बुज्छ र…?
लाइक कमेन्ट नगरी

कठ पुतली पो भयौ हजुर्
लत छुटाउने कसरी!!४
नयाँ प्रविधी प्रयोग गरौ
ज्ञानको ठुलो भन्डार

बित्त्यामा समय न फालौ
त्यसैमा नै अल्झेर!!५