अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 13:22

हली दाइको हलो हाँस्छ

शालिकराम घले २०८१ साउन २६ गते १२:४४ मा प्रकाशित

कविता
असारको यो बर्षाद,
तिम्रो ओठको मुस्कान,
रुझ्दै-भिज्दै-नाच्दै पनि,
रोपाइमै व्यस्त छौ हामी!!

वर्ष दिनको भर्न भकारी
उम्मिदको छ नौलो बिहानी!!
पल-पलमा गुज्रिएको जिन्दगी
माटो, पानी,हावा नै त हो
भोका र रोग त हो व्यवधान
कर्मै नै हो यहाँ महान्!!

कृषि-प्रधान देश हो -हाम्रो
कृषिलाई अगाडी बढाउनु छ
उन्नत बिउ, उन्नत बाली
गरिबी हाम्रो हटाउनु छ!!

थाप्नु छैन हात कसैसँग
देश समृद्धि तुल्याउनु छ !
हिलोको नै हो साइनो हाम्रो
बाउसे आज गर्नु छ!!

हिलो- जीवन, हिलो-आत्मा
मितेरी साइनो गाँस्नु छ
बाउसेको ताल यस्तै हो
असारे गीतको आफ्नै तरङ छ!!

रोपारेहरुको भाखा मिठो
त्यही भाखाले जीवन दिन्छ
माटो र पानीमा पिरती गाँसेर
हली दाइको हलो हाँस्छ!!

 

*************
बकैया -०९ मकवानपुर