अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 18:13

अबेरमा

युवराज मैनाली २०८१ वैशाख २८ गते १०:०२ मा प्रकाशित

छ छैन, थाहा छैन । अस्तित्वका प्रश्नहरु उठ्दछन् । बिलाएर जान्छन् । रेखा तीन चार दिनमा एकपटक भए पनि यो कुरा सोच्छिन् । बाध्य छिन् – उनी नचाहेर पनि यो सोच्न । कमसेकम हप्तामा दुईपटक उनी सपना देख्छिन् । उनी वायुपङ्खी घोडामा चढेकी हुन्छिन् । घोडा उनलाई लिएर कहाँ कहाँ पुग्छ । जब उनी लड्न लाग्छिन् त्यतिबेला निन्द्रा टुट्छ । पसिना पसिना र कट्टु भिजेको अवस्थामा पाउँछिन् ।

निरन्तरताको कारण उनी बाध्य भइन्– मनोचिकित्सककहाँ पुग्न । डाक्टरले उनको सबै कुरा सुनेपछि भने— यतिका वर्षसम्म बिहे नगरेर बस्नुको कारण इच्छा दमितको परिणति हो स्वप्न । बिहे गर्नुस् ठीक भइहाल्छ ।’

डाक्टरको कुुराले रेखा लजाइन् । उनको मुखमा लाली देखियो । त्यसपछि उनले बिहे गरिन् । अब बायुपङ्खी घोडा उनको सपनामा आउन छाड्यो ।