अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५
| Colorodo: 19:50
बहर: मुतकारिब मुसम्मन सालिम
वजन: १२२ १२२ १२२ १२२
बिरानो नजरमा बसेको छ कोही
र आफ्नै हियामा दुखेको छ कोही
खरानी घसी नित्य संसार घुम्दै
उडाएर गाँजा रमेकाे छ काेही
गरी कर्म सच्चा खुशीले धरामा
किसानी कुरामा भुलेकाे छ काेही
नसकेर टिक्नै लिई राहदानी
विदेशी धरामा कुँदेकाे छ काेही
सधैंँ द्रव्य गन्दै गरी राजनीति
सबैकाे नजरमा गिरेकाे छ काेही 