अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 16:53

अमेरिकामा जन्मेका आधारमा नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको आदेशमा अस्थायी रोक

बिबिसी नेपाली २०८१ माघ ११ गते १०:०३ मा प्रकाशित

अमेरिका । अमेरिकी भूमिमा जन्मेका शिशुहरू स्वतः त्यहाँको नागरिक हुने व्यवस्था अन्त्य गर्ने गरी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कार्यकारी आदेशमा सिआटलका एक सङ्घीय न्यायाधीशले अस्थायी रोक लगाइदिएका छन्।

यूएस डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोन कफ्नरले उक्त आदेश “स्पष्ट रूपले असंवैधानिक” रहेको बताउँदै दुई साताका लागि त्यो कार्यान्वयन गर्नमा तत्काल रोक लगाएका छन् । उक्त निर्णय फेब्रुअरी १९ देखि जन्मिने शिशुहरूका हकमा लागु हुने अमेरिकी न्याय मन्त्रालयले पेस गरेको कानुनी दस्ताबेजमा उल्लेख थियो।

ट्रम्पले आफ्नो प्रशासनले उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन्। बिहीवार २५ मिनेट लामो सुनुवाइपछि उक्त आदेश कार्यान्वयन गर्न अन्तरिम रोकको आदेश दिइएको थियो । यसको अर्थ अबको १४ दिन थप कानुनी प्रक्रियाहरू रोकिनेछन् । बिबिसी नेपाली