अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच्न ढिलाइ हुने चिन्ता

बीबीसी न्यूज नेपाली २०८१ चैत २० गते २१:४१ मा प्रकाशित

माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएको भोलिपल्टदेखि नेपाल शिक्षक महासङ्घले आन्दोलन सुरु गरेपछि एसईईको उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने हो कि भन्ने चिन्ता व्यक्त भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले पनि “यस्तै परिस्थित एक साताभन्दा बढी लम्बिएमा” उत्तरपुस्तिका परीक्षण नै अवरुद्ध हुने अवस्था आउन सक्ने बताएका छन्। पठनपाठन र सबै सरकारी काम बन्द गरेर आन्दोलनका लागि राजधानी काठमाण्डू आएका शिक्षकहरूले भने यसपटक माग पूरा नभई घर नफर्कने अडान लिएका छन्। शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेको छ। आन्दोलनरत शिक्षकहरूले भने वार्ताको औचित्य नभएको भन्दै माग पूरा गर्न आग्रह गरेका छन्। विष्णु पोखरेलले यो समाचार बीबीसी न्यूज नेपालीमा लेखेका छन।

सम्बन्धित सामग्रीहरू