अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 05:38

न्युयोर्कको ज्याक्सन हाइटमा नेपाली व्यवसायमा छापा, २ जना पक्राउ

खसोखास २०८१ फागुन २ गते १४:३४ मा प्रकाशित

न्यु योर्क । न्युयोर्कको ज्याक्सन हाइट ब्रोडवेमा नेपाली व्यवसायमा प्रहरीले छापा मारेर २ जनालाई पक्राउ गरेको न्यु योर्क प्रहरीले जनाएको छ । बुधवार दिउसो ३ बजेतिर प्रहरीले उक्त व्यवसायमा छापा मारेको सञ्चालकले जनाएका छन् ।

गैर कानुनी जुवा खेलाइरहेको जानकारीका आधारमा सर्च वारेन्ट जारी गरिएको र सोही आधारमा उक्त व्यवसायमा छापा मारिएको न्यु योर्क प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन । यो समाचार खसोखासमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू