अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 18:47

एनपीएलमा कर्णालीले पोखरालाई ७ विकेटले हरायो

बिआरटीनेपाल २०८१ मंसिर २५ गते ५:३० मा प्रकाशित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको छ । पोखराले दिएको एक सय चार रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । कर्णालीका लागि सबैभन्दा धेरै गुल्सन झाले अविजित ४९ रन बनाए र यस्तै चाडविक वाल्टनले ४२ रन बनाए । पोखराका विपिन कार्की र सागर ढकालले समान एक विकेट लिए ।

त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६ ओभर तीन बलमा एक सय तीन रनमा अलआउट भयो । पोखराका दिनेश खरेलले सबैभन्दा धेरै २६ रन बनाए । यस्तै आन्द्रेस गाैसले २५ रन बनाए । कर्णालीका विलियम बोसिस्टोले छ विकेट लिए । यस्तै कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान एक विकेट लिए ।

आजको जीतसँगै कर्णाली पाँच खेलमा छ अङ्कसहित चौथो स्थानमा छ भने चार खेलमा दुई अङ्कसहित पोखरा साताैं स्थानमा छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा भोलि बिहान नौ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा दिउँसो एक बजे काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू