अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 06:48

लुम्बिनी अन्तिम खेलमा कर्णालीसँग ५ रनले पराजित

बिआरटीनेपाल २०८१ मंसिर २८ गते ६:२१ मा प्रकाशित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएकाे छ ।कर्णालीले दिएकाे १ सय २९ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमात्र बनाउन सक्याे । लुम्बिनीका टम मूर्सले सबैभन्दा धेरै ३६ रन बनाए । कर्णालीका जीशन मक्सूदले २ विकेट लिए ।यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनायाे । लुम्बिनीका विकाश आग्रीले ३ विकेट लिए ।

याे जीतसँगै कर्णाली ६ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । लुम्बिनीले भने ७ खेलमा १ खेल जित्दै २ अङ्क जाेडेर प्रतियाेगिता सकाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू