अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५
| Colorodo: 16:30
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको छ । चितवनले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १० बलअघि एक सय ३१ रनमा अलआउट भयो । सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । कप्तान दीपेन्द्रसिँह ऐरी एक रनमै आउट भए । चितवनका अमर राउटेला, जान निको लोफ्टी इटोन, रिजन ढकाल, र कुशल मल्लले समान दुई विकेट लिए ।
लगातार तीन खेल जितेको सुदूरपश्चिमको अपराजित यात्रा आजको नतिजासँगै रोकिएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पाँच विकेट गुमाएर एक सय ६४ रन बनायो । उसका लागि हसन इसाखिलले सर्वाधिक ६५ र रवि बोपाराले ३६ रन बनाए । सुदूरपश्चिमका स्कट गुग्गेलिजनले दुई विकेट लिए ।