अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 04:41

फिफा विश्वकप–२०३० ६ देशमा हुने

बिआरटीनेपाल २०८१ मंसिर २९ गते ६:३९ मा प्रकाशित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आयोजनामा विश्वकप–२०३० ६ देशमा हुने भएको छ । फिफा कंग्रेसले विश्वकपको यो संस्करण आयोजना अधिकार युरोपका दुई देश स्पेन र पोर्चुगलसँगै अफ्रिकी मुलुक मोरोक्कोलाई सुम्पिने निर्णय गरेको छ ।तर, सन् २०३० मा विश्वकप आयोजना सुरु भएको १००औँ वर्ष पुग्ने भएकाले उक्त संस्करणका सुरुआती तीन खेल तीन फरक दक्षिण अमेरिकी मुलुकले आयोजना गर्ने फिफाले जनाएको छ । त्यसानुसार उक्त संस्करणका सुरुआती तीन खेल उरुग्वे, अर्जेन्टिना र पराग्वेमा हुनेछ ।

फिफाका अनुसार प्रतियोगिताको उद्घाटन खेल उरुग्वेको राजधानी मन्टेभिडियोमा हुनेछ । दोस्रो खेल अर्जेन्टिना र तेस्रो खेल पराग्वेमा हुनेछ । यसपछिका बाँकी सबै खेल स्पेन, पोर्चुगल र मोरोक्कोमा सञ्चालन हुनेछ ।फिफा विश्वकपको पहिलो संस्करण सन् १९३० मा उरुग्वेको मन्टेभिडियोमा भएको थियो । यस्तै, फिफाको उक्त बैठकबाट सन् २०३४ को विश्वकप आयोजना अधिकार साउदी अरेबियालाई प्रदान गर्ने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया