अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 16:54

भारतलाई हराउँदै १९ वर्षमुनिको पुरुष एशिया कपको उपाधि बङ्गलादेशले जित्यो

बिआरटीनेपाल २०८१ मंसिर २३ गते ५:३६ मा प्रकाशित

भारतलाई हराउँदै १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटको उपाधि बङ्गलादेशले जितेको छ । यूएईमा बङ्गलादेशले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर दुई बलमा एक सय ३९ रन बनाउँदा अलआउट भयो । भारतका मोहम्मद अम्मानले सर्वाधिक २६ रन बनाए । बङ्गलादेशका अजिजुल हाकिम र इकबाल होसाइन इमोनले समान तीन विकेट लिए । पहिले ब्याटिङ गरेको बङ्गलादेशका लागि मोहम्मद शिबाब जेम्सले ४० रन बनाए । भारतका  युद्धजित गुहा, चेतन शर्मा र हार्दिक राजले समान दुई विकेट लिए ।

बङ्गलादेशले पाकिस्तानलाई र भारतले श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । एशियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा यूएईमा भएको पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपाल पनि सहभागी भएको थियो । नेपालले अफगानिस्तानसँगको खेल जिते पनि समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू