सत्यको राज सिकाऊ
गुह्यको साज सिकाऊ
इन्ची एक सतहले
नअघाएको हाल सिकाऊ
उक्साउँदा रगंहरुले
डाहा छुटाउँदा अगंहरुले
प्राप्त अकंमालपछि पनि
खल्लो थकथकी सिकाऊ
१
मझेरिमा गीतहरू छ
इन्द्रेणीमा प्रीत हरू
त्यस्को पान गरेपछि पनि
खुुइयको भाव सिकाऊ
३
धुलोमा छ आनन्द
हावामा परमानन्द
भोगको भव्यपछि
मस्तीको बिजोग सिकाऊ
गुलाफमा मात छ
आनन्दको प्रभात अनि
तर मितेरी रात पछिको
राजसी उदासी सिकाऊ
४
खोक्रो ढ्वाङ सिकाऊ
५
हृदयका मुरी इच्छा लक्ष्य
आँखाको विस्तार भरिका
उमङ्गका किताबले नबुमm्ने
सधैँ यो कलाको माली
अतृप्त उदास सिकाऊ
६
बढेर मुमर्mाइनदिने
फुलेर ओाइलाईनदिने
सहस्र डाले वसन्त
सम्पत्तिले नपुग्ने सिकाऊ
७
सिंहासनको मोज
विजयहरूको भोज
विलासको सहस्र जितौरी
सुख नभएको सिकाऊ
८
सन्ध्याको मन्दतामा
नभको दुर्गम अदामा
एकोहोरो आँखाहरूका
खोजको सत्य सिकाऊ
९
खोजको सर्वस्व ढाक्ने
आनन्दको बस्ती पुग्न छेक्ने
पाँय पुग्यो भन्न नदिने
प्रेमको उन्नयन रोक्ने
कुहिरो ठेस, दिवारहरुको
काइदा कला सिकाऊ
अभिप्राय मतलब सिकाऊ
भेद विजय सिकाऊ
तरी पार जान सिकाऊ