अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 08:00

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो

बिआरटीनेपाल २०७५ साउन १० गते १९:०९ मा प्रकाशित

काठमाडौं – सरकारले दोस्रोपटक मन्त्रालय संख्या बढाएको छ । आजको कान्तिपुरमा समाचार छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुइटा बनाएको छ ।

फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएसँगै अब मन्त्रालय संख्या २२ पुगेको छ ।

एउटा मन्त्रालय थप्दा मन्त्री, सचिव, निजी तथा स्वकीय सचिवालय र विभिन्न महाशाखाका लागि वर्षको कम्तीमा ५० करोड रुपैयाँ प्रशासनिक खर्च बढ्ने प्रधानमन्त्री कार्यालयकै अधिकारीले जनाए ।

प्रतिक्रिया