अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२
| Colorodo: 01:27
विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ ।
खेल सुरु भएको ६४ औ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्योे ।
गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरियालाई गोल गर्ने अवसरबाट रोक्न सफल भयो ।
कोरियाली खेलाडीहरुले पटक पटक पाएको निकै राम्रा मौकाहरूलाई उपयोग गर्न असफल रहे । अन्ततः स्वीडेनले आफ्ना समर्थकहरूलाई खुशी पार्न सक्षम भयो । खेलमा दुवै देशका खेलाडीहरूले निकै मेहनत गरेका थिए ।
रुसको निज्नी नोभोगोरोट रंगशालामा नेपाली समय अनुसार बेलुका पौने छ बजेदेखि खेल सुरु भएको थियो ।
रुसमा भएको प्रतियोगिता अन्तर्गत सोमबार नै पौने नौ बजे बेलजियमसँग पानामाले र पौने १२ बजे ट्युनिसियासँग इङ्ल्याण्डले खेल्ने तालिका रहेको छ ।