अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३
| Colorodo: 10:38
कतारको अदालतले एक नेपालीलाई हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ ।
कतारी नागरिक उम्एयर मोहम्मिद एम्ययर अल रमाजैनी अल नुएमीको हत्या अभियोगमा त्यहाँको तल्लो अदालतले अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो ।
यो फैसलाउपर नेपाली दुतावासले त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । औरही १ महोत्तरीका चौधरी हत्या अभियोगमा २०१७ अप्रिल पहिलो साता पक्राउ परेका थिए । अदालतले मृत्यु नभएसम्म गोली हानेर मृत्युृदण्ड दिने फैसला सुनाएको हो । पुनारावेदनमा बहस गर्न झन्डै ३० हजार रियाल करिव ६ लाख रुपैयाँ लाग्ने भन्दै दुतावासले बजेट उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको छ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।