अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३०
| Colorodo: 00:45
काठमाडौं – लगानी बोर्डले पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत आयोजनाको फाइल बुझाउन चैत १५ को समय सीमा दिएकोमा उर्जा मन्त्रालयले अटेरी गरेको छ ।
बोर्डले आयोजनाको फाइल बुझाउन पत्राचार गरेको दुई महिनाभन्दा बढी भइसकेको छ ।
लगानी बोर्डले चैत १ गते पाँच सय मेगावाट भन्दा माथिका जलविद्युत आयोजनाको सम्पूर्ण काम आफैंले गर्ने भन्दै उर्जा मन्त्रालयसँग सबै आयोजनाको फाइल मागेको थियो ।
फाइल मागेको ६६ दिन हुँदासम्म मन्त्रालयले बोर्डलाई लिखित जानकारी गराएको छैन ।
यसले दुई निकायबीच विवाद बढ्दै गएको देखिन्छ । आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।