अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१
| Colorodo: 07:06
काठमाडौंको पुरानो सिनामंगलस्थित पेप्पसीकोलाको मनोहराको पुल नजिक प्रहरी र गुण्डाको समुहबीच गोली हानाहान भएको छ । गोली हानाहान हुँदा प्रहरीको गोली लागि रामेश्वर गौतम घाइते भएका छन् ।
एसएसपी लोहनीका अनुसार घुँडामुनी गोली लागि घाइते भएका गौतम चक्रेमिलन समूहका हुन् । घाइते गौतमलाई उपचारका लागि प्रहरीले हिरासतमा लिएर वीर अस्पतालको ट्रमा सेन्टर लगेको छ । घटनापछि फरार रहेका अन्य गुण्डाहरुको खोजी भइरहेको छ । ‘पक्राउ परेका गाैतम चक्रेकाे खास मान्छे हाे । फरार सबै चक्रे ग्याङका नै हुन्,’ एसएसपी लाेहनीले भने । कान्तिपुरमा खबर छ ।