अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 16:26

नेपाल प्रिमियर लिग- चितवनको लगातार दोस्रो जित

बिआरटीनेपाल २०८१ मंसिर १८ गते ५:२९ मा प्रकाशित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गर्दै चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ ।जवाफमा १६२ रनको विजय लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै ७४ रनमा समेटियो ।पोखरा विरूद्ध चितवनका सोहेल तनवीरले पहिलो ओभरमा सानदार बलिङ गरे । उनले पहिलो ओभरमा तीन महत्वपूर्ण विकेट लिए । यो इनिङसको पहिलो बलमा ओपनर कुशल भुर्तेल गोल्डेन डक आउट भए । पाँचौं बलमा ४ रन बनाएका दीलिप नाथ र छैटौं बलमा बास डे लिडे डक आउट भए ।

पहिलो ओभरमा मात्र ४ रन जोड्दा पोखराले ३ विकेट गुमायो । यसपछि पनि पोखरा सम्हालिन सकेन र यो इनिङ्स धराशायी बन्यो । चौथो ओभरमा पनि पोखराले तीन विकेट गुमायो । रिजन ढकालले दिनेश खरेल, किरण ठगुन्ना र माइकल लिस्कलाई आउट गरे । मात्र ७ रन बनाउँदा पोखराले ६ विकेट गुमायो ।सातौं विकेटको रूपमा रेमन रेफर १ रनमा आउट भए । १७ रन जोड्दा पोखराले ७ विकेट गुमायो । यसपछि मार्कस क्रिच्लेले १७ रन र नारायण जोशीले ३० रन बनाउँदा पोखराले कडा संघर्ष गर्दै ७४ रन मात्र बनायो। बलिङमा सोहेल तनवीर, रिजन ढकाल र लुक बेनकेनसटेनले ३÷३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनायो । ओपनर दीपक बोहरा २ रनमा, हसन इसाखेल १४ रनमा र लुक बेनकेस्टेनले १६ रनमा आउट हुँदा तीन विकेटको नोक्शानीमा ४६ रन बनाएको थियो । यसपछि रवि बोपरा र कुशल मल्लले चौथो विकेटको लागि ६८ रनको साझेदारी गर्दै इनिङस उकासे ।कुशल मल्ल ३८ रन बनाएर आउट भए । रवि बोपराले भने अर्धशतकीय पारी खेले । उनले ३८ बलको सामना गर्दै ३ छक्का र ३ चौका प्रहार गर्दै ५१ रन जोडे । उनी आउट हुँदा चितवनले ५ विकेटको नोक्शानीमा १३४ रन बनाएको थियो ।

यसपछिका ब्याटरले इनिङसको अन्तयतिर विकेट हुँदा पनि धेरै रन जोड्न सकेनन् । सोेहेल तनवीर ० रनमा आउट हुँदा अमर राउटेला अविजित १३ र शरद भेषावकर अविजित ११ रनमा क्रिजमा रहे । बलिङमा विपिन खत्री, बास डे लिडे र रेमन रेफरले समान ३÷३ विकेट लिए । लगातारको दोस्रो जितमा चितवनले ३ अंक बनाएको छ । बुधबार पनि दुई खेल हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू