अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८
| Colorodo: 12:33
पाकिस्तानमा शनिबारदेखि सुरू भएको नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक २४ रन बनाए ।
श्रीलंकाका निपुना कविन्दा र दमिथ सन्दरुवानले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । श्रीलंकाका दमिथ सन्दरुवानले ६६ बलमा अविजित १०० रन बनाए । नेपालका सुनिल रानामगरले १ विकेट लिए ।