अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

थाउँलो वर्ल्ड कपमा भाग लिने नेपाली उसु खेलाडीको बिदाई

बिआरटीनेपाल २०८१ कार्तिक ६ गते ६:४६ मा प्रकाशित

तेस्रो थाउँलो वर्ल्डकप २०२४ मा भाग लिन जापान जान लागेको नेपाली उसु खेलाडीको टोलीलाई बागमती प्रदेश सरकारले बिदाई गरेको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले टोलीलाई शुभकामना दिँदै बिदाई गर्नुभएको हो ।

टोकियोमा रहेको योकोहा शहरमा भोलिदेखि १२ गते सम्म हुने प्रतियोगितामा भाग लिन नेपाली टोलीमा दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङ  छन् । नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाको नेतृत्वमा रहेको टोलीको प्रशिक्षकमा निकेश श्रेष्ठ छन् । वल्र्डकपमा सहभागी हुने खेलाडी गएको अप्रिलमा चिनमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिताबाट छनोट भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू