अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८
| Colorodo: 22:03
सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि सुरु हुने भएको छ । खेल मंगलबारदेखि शुक्रबार सम्पन्न हुने छ ।गोकर्ण गल्फ क्लवमा हुने ७२ होलको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार र चौथोले १ लाख २ हजार र पाँचौं हुनेले ८८ हजार रुपैयाँ पाउने छन् । यसैगरी शिर्ष २१ भित्र रहने गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा दुई चरणको समाप्तिपछि कट लागू हुने छ । जसबाट शिर्ष २१ प्रोफेसनल तथा कट बनाउन एम्योचर गल्फरले अन्तिम ३६ होलमा प्रतिष्पर्धा गर्न पाउने आयोजकले बताएको छ । शनिबार प्रो एम च्याम्पियनसिप पनि हुने छ । जसमा २५ प्रोफेसनर र १०० एम्योचर गल्फरले प्रतिष्पर्धा गर्ने छन् ।