अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 01:00

श्रीलङ्कासँगको खेललाई लिएर उत्साहित छाैँ : राेहित पाैडेल

बिआरटीनेपाल २०८१ जेठ २९ गते ५:५६ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपअन्तर्गत श्रीलङ्कासँगको समूह चरणको खेललाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिनुभएको छ । खेलअघिको पूर्वसन्धयामा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले श्रीलङ्कालाई हराउने अवसर नेपालसामु रहेकाले त्यहीअनुसार खेल्ने रणनीति बनाएको बताउनुभयो । यो खेलमा १ सय ४० रनसम्मको योगफल बनाउने टोलीले जित हात पार्ने कप्तान पौडेलको भनाइ छ ।

यस्तै पौडेलले टोलीमा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताउनुभयो । वेस्ट इन्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र ‘विकेट टेकर’ बलर लामिछाने टोलीमा भित्रिएकाले उहाँको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने पौडेलले उल्लेख गर्नुभयो । अमेरिका जान नपाएका सन्दीपले वेस्ट इन्डिजमा हुने समूह चरणको दुई वटा खेल खेल्ने तय भएको छ । टी–२० विश्वकपमा नेपाल र श्रीलङ्काबीचको खेल भोलि बिहान सवा ५ बजे अमेरिकाको फ्लोरिडामा शुरु हुनेछ । विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया