अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेट अष्ट्रेलियाले ३ सय ६० रनले जित्यो

बिआरटीनेपाल २०८० पुष १ गते ६:१० मा प्रकाशित

पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेट अष्ट्रेलियाले ३ सय ६० रनले जितेको छ । अष्ट्रेलियाले दिएको ४ सय ५० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान आज चौथो दिनमै ८९ रन बनाउँदा अलआउट भयो । उसका लागि साउद सकिलले सर्वाधिक २४ रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्क र जस हजलउडले ३/३ तथा नाथन लायनले दुई विकेट लिए । पहिलो पारीमा अष्ट्र्रेलियाले ४ सय ८७ रन बनाउँदा पाकिस्तानले २ सय ७१ रन मात्रै बनाएको थियो । दोस्रो पारीमा अष्ट्रेलियाले २ सय ३३ रन बनाउँदा पारी समाप्तीको घोषणा गरेपछि पाकिस्तानले ४ सय ५० रनको लक्ष्य पाएको हो । पाकिस्तान र अष्ट्रेलियाबीच तीन खेलको टेष्ट शृङ्खला भइरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय