अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

फ्रान्स, बेल्जियम र पोर्चुगल युरो कपमा छनोट

बिआरटीनेपाल २०८० असोज २७ गते ६:१७ मा प्रकाशित

फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट भएका छन् । केलिएन एमबाप्पेको दुई गोल मद्दतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै फ्रान्सले युरो कपमा स्थान पक्का गरेको हो । समूह बी मा ६ खेलबाट १८ अंक जोडेर फ्रान्स शीर्ष छ । पाँच खेलबाट ९ अंक रहेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।

यस्तै समूह एफमा बेल्जियमले अष्ट्रियालाई ३-२ ले हराएर युरोकपमा स्थान बनाएको हो । बेल्जियमको जितमा डोडी लुकेबाकियोले दुई तथा रोमुलु लुकाकुले एक गोल गरे । अष्ट्रियाका लागि कोनरार्ड लाईमर र मार्सल सबितजारले गोल गरे । जितपछि बेल्जियम ६ खेलबाट १६ अंकसहित समूह एफको शीर्ष स्थानमा छ । अष्ट्रियाले मंगलबार अजरबैजानलाई हराएमा युरो कपमा छनोट हुनेछ ।

यसैगरी क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा पोर्चुगलले समूह जी को खेलमा स्लोभाकियालाई ३-२ ले हरायो । पोर्चुगलका लागि अर्को गोल गोन्कालो रामोसले गरे । जितपछि ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमा रहेको पोर्चुगल तीन खेल अगावै युरोकपमा छनोट भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय