अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

कोलम्बिया र मोरक्को महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

बिआरटीनेपाल २०८० साउन १९ गते ५:१९ मा प्रकाशित

फिफा महिला विश्वकप फुटबलमा राउण्ड अफ सिक्सटिनको समिकरण पूरा भएको छ । बिहीबार भएका खेलहरुपछि समूह एच बाट कोलम्बिया र मोरक्को नक आउट चरणमा पुगेका छन् । अष्ट्रेलियमा भएको खेलमा मोरक्कोले कोलम्बियालाई १–० ले पराजित गर्दा जर्मनी र दक्षिण कोरियाले १–१ गोलको बराबरी खेलेका छन् ।

समुहमा ३ खेलबाट ६–६ अंक जोडेका कोलम्बिया र मोरक्को राउण्ड अफ सिक्स्टिनमा पुगेका हुन् । चार अंक जोडेको जर्मनी भने समुह चरणबाटै बाहिरियो । दुई पटकको महिला विश्वकप विजेता जर्मनीको बहर्गिमनाई जारी महिला विश्वकप फुटबलमाअप्रत्याशित परिणाम मानिएको छ ।

फिफा महिला विश्वकप फुटबलको नकआउट चरणका खेल शनिबारदेखि हुनेछन् । नकआउट चरणमा स्वीट्जरल्याण्ड र स्पेन, जापान र नर्वे, नेदरल्याण्ड्स र दक्षिण अफ्रिका, स्वीडेन र अमेरिका, इंग्ल्याण्ड र नाइजेरिया, अस्ट्रेलिया र डेनमार्क, फ्रान्स र मोरक्को तथा कोलम्बिया र जमैकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय