अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

आहा रारा गोल्डकप- एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा फाइनल प्रवेश

बिआरटीनेपाल २०७९ पुष २० गते ५:०० मा प्रकाशित

संकटा क्लब पोखरामा जारी २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ। बुधबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा संकटाले एपीएफलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।संकटाबाट खेलाका विदेशी खेलाडी एपीएफमाथि भारी बने। संकटाका ४ गोल विदेशी खेलाडीले गरेका हुन्। पोखरामा जारी २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा संकटाले २–० गोल अन्तरको अग्रता लिन सफल भएको थियो।

पहिलो हाफमा दबाबमा राखेको एपीएफले संकटा विरुद्ध गोल गर्न सकेन। खेल सुरु भएको ४ मिनेटमै संकटाका स्टेफन बिनोङले गोल गर्दै अग्रता दिलाए। दोस्रो गोल ४२ औं मिनेटमा मेसुकेले संकटाका लागि दोस्रो गोल गरे।दोस्रो हाफमा संकटाले एपीएफलाई निकै दबाबमा राखेर खेल्यो। खेलको ६० औं मिनेटमा संकटाका स्टेफन विओङले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–० को स्थितिमा पुर्‍याए।एपीएफका हरि कार्कीले ७३ औं मिनेटमा सानत्वना गोल फर्काए। खेलको ८५ औं मिनेटमा अन्द्रे थिरे विइकको पासलाई सदुपयोग गर्दै मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए।

सोमबार भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो। साविकको विजेता एपीएफले धरान फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटासँगको सेमिफाइनल भेट पक्का गरेको हो।एपीएफ ०६४ मा फाइनल पुगेर नेपाल पुलिस क्लबसँग २–० गोल अन्तरले पराजित भएको थियो। संकटाले ०७७ को आहारारा गोल्डकपको उपाधि जितेको थियो। अफ्रिकन रुट्सलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधि रक्षा गरेको थियो। त्यतिबेला पनि संकटाले सेमिफाइनलमा २–० गोल अन्तरले पराजित गर्दै एपीएफलाई उपाधि होडमा पुग्न रोकेको थियो।

बिहीबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेठड र भुटनिज युथ स्पोर्टस क्लब अमेरिकाले फाइनल यात्राका प्रतिस्पर्धा गर्नेछन्। पुस २३ गते गोल्डकपको फाइनल हुनेछ। विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय