अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४
| Colorodo: 01:59
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा ब्रिगेडले, सशस्त्र प्रहरीको एपीएफ टिमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
ब्रिगेडको जितमा दिनेश राईले र सुरज गुरुङले एक गोल गर्नुभयो । एपीएफका आशिष लामा र बिकी तामाङले एक–एक गोल गर्नुभयो । जितसँगै ब्रिगेडले ३ अङ्क जोडेको छ ।