अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७ | Colorodo: 13:52

१ वर्षका लागि लम्बियो नेपालको एकदिवसीय मान्यता

बिआरटीनेपाल २०७७ मंसिर ३ गते ५:५३ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कोरोना महामारीको कारण चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको छ ।आईसीसीले एकदिवसीय अन्तर्रााष्ट्रिय मान्यता एक वर्ष थप गरेसँगै नेपालको एकदिवसीय मान्यता पनि एक वर्ष लम्बिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारण सभामा अध्यक्ष चतुरबहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी दिनुभएको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता चार वर्षका लागि हुने गर्छ तर एक वर्ष थपिएसँगै अब नेपालको एकदिवसीय मान्यता सन् २०२३ को मार्चसम्म रहनेछ ।

नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट चार एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालले अहिलेसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमा पाँचमा जित र पाँचमा हार बेहोरेको छ ।

प्रतिक्रिया
लोकप्रिय