अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१
| Colorodo: 12:16
इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले नरिच सिटीलाई पराजित गरेको छ । तालिकाको तेस्रो स्थानमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने अभियानमा रहेको चेल्सीले यो सिजन प्रिमियर डिभिजनबाट झरीसकेको नरिच सिटीमाथि १–० को साँघुरो जित निकालेको हो ।
नरिच सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन फ्रेन्च स्ट्राइकर ओलिभर जिरुले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे । जितसँगै चेल्सीले जारी लिगमा दुई खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको पकड बलियो पारेको छ ।
३६ खेलबाट ६३ अंक जोडेको चेल्सी चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडभन्दा ४ अंकले अगाडि छ । तर लेष्टर र म्यान्चेस्टर युनाईटेडले एक खेल खेल्न बाँकी छ ।