अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 17:07

त्रिकोणात्मक सिरिजका लागि अमेरिकी टिम काठमाण्डौ आइपुग्यो

बिआरटीनेपाल २०७६ माघ २० गते ०:४३ मा प्रकाशित

त्रिकोणात्मक सिरिजका लागि अमेरिकी क्रिकेट टिम काठमाण्डौ आइपुगेको छ। भारतको मुम्बईमा करिब १० दिनको बन्द प्रशिक्षण सकेर अमेरिकी टोली आइतबार राति काठमाण्डौ ओर्लिएको हो । मुम्बईमा प्रशिक्षण र तीन वटा अभ्यास खेल खेलेर अमेरिकी टिम प्रतियोगिताभन्दा तीन दिन अगाडि आइपुगेको हो । आइतबार राति आठ बजे काठमाण्डौ पुग्ने तालिका भए पनि विमान डिले हुँदा राति साढे १० बजे टिम नेपाल पुगेको हो ।

आइसीसी विश्वकप क्रिकेट लिग दुईको तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले मुम्बईमा तीन अभ्यास खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको थियो । अमेरिकाले पहिलो खेलमा जित निकालेपछि त्यसपछिका लगातार दुई खेलमा हार भोगेको थियो । अमेरिकी टिमले काठमाण्डौमा भोली कीर्तिपुरमा अभ्यास गर्नेछ । यस्तै पर्सी (मंगलबार) मुलपानी मैदानमा नेपालसँग अभ्यास खेल खेल्नेछ । अमेरिकाले लिग दुईको पहिलो खेलमा ओमानसँग खेल्नेछ ।

त्यसपछि उसले आफ्नो दोस्रो खेलमा शनिबार नेपालसँग खेल्नेछ । अमेरिकाले करिब १० वर्षपछि नेपाली भूमीको प्रतियोगिता खेल्दैछ । अन्तिम पटक सन् २०१० मा उसले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेको थियो । जसमा टिम उपविजेता बनेको थियो । त्यस बेला खेलेका टिमका कुनै पनि खेलाडी अहिले छैनन् ।

प्रतिक्रिया
लोकप्रिय