अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा पक्राउ

गोरखापत्र २०८१ चैत १४ गते १२:४९ मा प्रकाशित

काठमाण्डौ । राजावादी समूहले शुक्रवार काठमाण्डौको तीनकुनेमा गरेको प्रदर्शनका बेला हिंसा भएपछि प्रशासनले केही क्षेत्रमा कर्फ्यू लगाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उहाँहरुलाई पक्राउ गरिएको हो ।

तीनकुनेमा घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको जनाएको छ। त्यसैगरी प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।

 

सम्बन्धित सामग्रीहरू