अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 20:16

भूपेन्द्र गुरुङले अमेरिकामा भएको गोल्डेन ड्रागन च्याम्पियनशिपमा २ वटा रजत जिते

बिआरटीनेपाल २०८१ कार्तिक २५ गते ५:५२ मा प्रकाशित

नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनशिपमा रजत पदक जितेका छन् । अमेरिकाको क्यालिफोर्नियामा रहेको आर्काडिया हाई स्कुल जिम्नाजियममा हिजो भएका प्रतियोगितामा भूपेन्द्रले दुई स्पर्धामा दुई रजत जितेका हुन् ।ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेशन यूएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फर्म्समा प्रतिस्पर्धा गरेका थिए ।

भूपेन्द्रको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनशिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङ फु च्याम्पियनशिप र सन् २०२२ मा बेलायतमा भएको युरोपियन च्याम्पियनशिपमा स्वर्ण जितेका थिए । भूपेन्द्र गुरुङले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङ फु च्याम्पियनशिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

प्रतिक्रिया