अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

पेरिस ओलम्पिक : फाइनलअघि भारतीय खेलाडी फोगाट अयोग्य घोषित

बिआरटीनेपाल २०८१ साउन २३ गते ५:२४ मा प्रकाशित

पेरिस ओलम्पिक अन्तर्गत महिला कुस्तीको फाइनल खेलअघि भारतीय खेलाडी विनेश फोगाट अयोग्य घोषित भएकी छिन् ।स्वर्ण पदकका लागि फाइनल खेलअघि तौल बढी पाइएपछि विनेश फोगाटलाई अयोग्य घोषित गरिएको बीबीसीले जनाएको छ । योसँगै अब उनले पेरिस ओलम्पिकमा कुनै पदक नपाउने भएकी छिन् । यसअघि फाइनल पुग्दा उनले कम्तीमा रजत पद पाउने पक्का भएको थियो ।

स्वर्ण पदकको प्रतिस्पर्धाअघि विनेश फोगाटको तौल ५० केजीभन्दा केही ग्राम बढी पाइएको हो । उनले हिजो प्रिक्वार्टरफाइनलमा विश्वकी नम्बर एक खेलाडी र सेमिफाइनलमा क्युबाकी खेलाडीलाई हराउँदै फाइनलमा पुगेकी थिइन् । विनेश फोगाट फाइनलमा पुग्ने पहिलो भारतीय महिला बनेकी थिइन् । उनी अयोग्य घोषित भएपछि भारतीय ओलम्पिक सङ्घले खेद व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू