अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 09:33

पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ पहिलो चरणबाटै बाहिरिइन्

बिआरटीनेपाल २०८१ साउन १४ गते ८:१४ मा प्रकाशित

पेरिस ओलम्पिकको जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएकी छिन् । आज भएको ५७ केजी तौल समूहको जुडो प्रतिस्पर्धामा मनिता अन्तिम ३२ बाटै बाहिरिएकी हुन् । उनी सर्बियाकी मारिका पेरिसिकसँग १०–० ले पराजित भइन् ।

पेरिस ओलम्पिकको ब्याडमिन्टनतर्फ आजै राति १२ बजेर ५५ मिनेटमा प्रिन्स दाहालले प्रतिस्पर्धा गर्दैछन् । प्रिन्सले समूह चरणको दोस्रो खेलमा आयरल्यान्डका नियात नुयनसँग खेल्दैछन् । नुयन वरीयताको ४३ औँ स्थानमा छन् भने प्रिन्स १ सय ७२ औँ स्थानमा छन् । समूह ‘पी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्वरमनसँग खेल्नेछन् । समूह चरणको पहिलो खेलमा प्रिन्स विश्व वरीयतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग पराजित भएका थिए ।

यसअघि पेरिस ओलम्पिकको ‘शुटिङ’ मा सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएकी थिइन् । यस्तै टेबल टेनिसका स्यान्टु श्रेष्ठ पनि बाहिरिएका छन् ।

प्रतिक्रिया