अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 09:51

पूर्व फुटबलर गम्भीर राईको ५६ वर्षको उमेरमा निधन

बिआरटीनेपाल २०८१ साउन १४ गते ६:४१ मा प्रकाशित

पूर्वफुटबलर तथा प्रशिक्षक गम्भीर राईको निधन भएको छ । उहाँ ५६ वर्षका हुनुहुन्थ्यो । मधुमेहबाट पीडित राईको उपचारका क्रममा बी एन्ड सी अस्पतालमा ज्यान गएको झापा जिल्ला फुटबल सङ्घका अध्यक्ष भागिरथ आलेले जानकारी दिनुभयो ।

झापाको भद्रपुर नगरपालिका–१० निवासी राईले १६ वर्षमुनि र १९ वर्षमुनिको उमेर समूहमा नेपालको तर्फबाट सहभागिता जनाउनुभएको थियो । यस्तै उहाँले न्युरोड टिम (एनआरटी), जनकपुर चुरोट फ्याक्ट्री र मनाङ मर्स्याङ्दी क्लबबाट पनि खेल्नुभएको थियो ।

झापा जिल्ला फुटबल सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका गम्भीर राईले २०५६ सालमा खेलाडीका रूपमा सन्न्यास लिएपछि प्रशिक्षकका रूपमा काम शुरू गर्नुभएको थियो ।

प्रतिक्रिया