अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

ग्लोबल टी–२० लिग क्रिकेट : आज दीपेन्द्र र सन्दीप आबद्ध भेनकुवरले बंगला टाइगर्ससँग खेल्दै

बिआरटीनेपाल २०८१ साउन १२ गते ४:४९ मा प्रकाशित

क्यानडाको ग्लोबल टी–२० लिग क्रिकेटमा आज नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने आबद्ध टोलीले खेल्दैछ । दीपेन्द्र र सन्दीप आबद्ध भेनकुवर नाईट्सले आज बंगाल टाईगर्ससँग खेल्न लागेको हो । यो खेल राति पौने ९ बजे शुरु हुँदैछ ।

भेनकुवर पहिलो खेलमा टोरोन्टो नेसनल्ससँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा सन्दीपले एक विकेट लिनुका साथै १५ रनसमेत बनाएका थिए । दीपेन्द्र भने भिसाका कारण हिजो मात्रै क्यानडा पुगेका छन् ।

यस्तै नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध क्लब टोरोन्टो नेसनल्सले भोलि बिहान पौने २ बजे ब्रैम्प्टन वुल्भ्ससँग खेल्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू