अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

काभा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग

बिआरटीनेपाल २०८१ साउन ११ गते ५:४९ मा प्रकाशित

काभा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल भलिबल सङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै लिगको खेल तालिका र ट्रफी सार्वजनिक गरेको हो ।प्रतियोगिता यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा नेपालले उद्घाटन खेलमा साउन १७ गते श्रीलङ्कासँग, दोस्रो खेलमा साउन १८ गते भारतसँग, तेस्रो खेलमा साउन २० गते माल्दिभ्ससँग र चौथो खेलमा साउन २१ गते इरानसँग खेल्ने तालिका छ ।

लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते हुनेछ । काभा महिला भलिबल लिगको तयारीका लागि नेपालले केही दिनअघि रुससँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू