अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

२० वर्षमुनिकाे काभा महिला भलिबलमा तेस्राे भएकाे नेपाली टाेली स्वदेश आइपुग्याे

बिआरटीनेपाल २०८१ साउन १० गते ६:५१ मा प्रकाशित

२० वर्षमुनिकाे काभा महिला भलिबल च्याम्पियनशिपमा तेस्रो स्थान हासिल गरेको नेपाली टोली स्वदेश फर्किएको छ । भलिबल टोली आज दिउँसो काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकाे हाे ।मालेमा मङ्गलवार भएकाे खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान प्राप्त गरेको थियो । नेपालले माल्दिभ्सलाई २५–१५, २५–१०, २५–१४ ले हराएकाे थियाे ।

सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो । त्यसअघि लिग चरणमा श्रीलङ्कासँग ३–१ र किर्गिस्तानसँग ३–० सेटको हार बेहाेरेकाे नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो । टाेलीकी कप्तान जेनिसा विश्वकर्माले नेपालकाे तयारी कम भएकाे अनुभव गरेकाे बताइन् । प्रतियोगितामा आफ्नो तर्फबाट राम्रो गरेकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू