अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

काभा २० वर्षमूनीको महिला भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानलाई

बिआरटीनेपाल २०८१ साउन ९ गते ५:३४ मा प्रकाशित

काभा २० वर्षमुनीको महिला भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले जितेको छ । माल्दिभ्सको मालेमा भएको फाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । कीर्गिस्तानले श्रीलंकालाई २८–२६, २५– १७ र २५–१९ को सोझो सेटमा हराएको हो ।

यसअघि समूह चरणमा पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा कीर्गिस्तान श्रीलंकासँग ३–२ ले पराजित भएको थियो । तेस्रो स्थानका लागि हिजो भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली माल्दिभ्स, श्रीलंका र कीर्गिस्तान सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू