अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

काभा यू-२० भलिबल च्याम्पियनसिपमा नेपाललाई तेस्रो स्थान

बिआरटीनेपाल २०८१ साउन ८ गते ७:०६ मा प्रकाशित

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)  यू- २० महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ। आज भएको तेस्रो स्थानका खेलमा नेपालले आयोजक माल्दिभ्सको युवा टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। नेपालले पहिलो सेट २५-१५ ले जित्दै विजयी सुरुवात गरेको थियो। दोस्रो सेट नेपालले २५(१० जित्दै खेलमा २(० को अग्रता लियो। तेस्रो सेटमा २५-१४‍ ले विजयी भएसँगै नेपालले खेल जित्यो।

प्रतियोगितामा नेपालसहित श्रीलंका, कीर्गिस्तान र माल्दिभ्सका युवा टोलीले भाग लिएका थिए। समूह चरणमा नेपालले माल्दिभ्सलाई हराउँदा कीर्गिस्तान र श्रीलंकाविरूद्धको खेल गुमाएको थियो। सेमिफाइनलमा कीर्गिस्तानसँग फेरि पराजित हुँदा नेपाल फाइनल पुग्न असफल भयो। श्रीलंका र कीर्गिस्तानबीच आजै उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू