अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

यूएईलाई ७८ रनले हराउँदै महिला एशिया कप क्रिकेटमा भारतकाे लगातार दाेस्राे जीत

बिआरटीनेपाल २०८१ साउन ६ गते ८:१७ मा प्रकाशित

महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा भारतले लगातार दोस्रो जीत हात पारेको छ । आज श्रीलङ्काको दम्बुलामा भएको खेलमा भारतले यूएईलाई ७८ रनले हरायो ।भारतले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन मात्रै बनाउन सक्यो । यूएईकी कविशा यगोदागेले नट आउट ४० रन बनाइन् । भारतकी दिप्ती शर्माले २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय १ रन बनायो । भारतकी कप्तान हरमनप्रीत कौरले ६६, रिचा घोषले नट आउट ६४ रन बनाइन् । यूएईकी कविशा इगोदागेले २ विकेट लिइन् । यो जितसँगै भारत २ खेलमा ४ अङ्कसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ । यूएई लगातार दोस्रो हारसँगै पुछारमा छ ।

आजै राति सवा ७ बजे यही समूहका नेपाल र पाकिस्तान खेल्दैछन् । नेपाल २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ, नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । यस्तै पाकिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू