अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 20:49

कोपा अमेरिका फुटबल : ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

बिआरटीनेपाल २०८१ असार २४ गते ७:०१ मा प्रकाशित

उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको अन्तिम खेलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि पेनाल्टीमा पुगेको थियो । खेलको अन्तिमतिर उरुग्वे १० खेलाडीमा समेटिएको थियो । उसका नाहितान नान्डेजले रातो कार्ड पाए ।

उरुग्वे र ब्राजिलको खेलसँगै कोपा अमेरिका फुटबलको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । आज बिहान भएको अर्को खेलमा पानामालाई हराउँदै कोलम्बिया सेमिफाइनलमा पुग्यो । कोलम्बियाले पानामालाई ५–० गोलले हरायो ।

यसअघि साविक विजेता अर्जेन्टिना र क्यानडा सेमिफाइनलमा पुगिसकेका थिए । अब फाइनलमा पुग्न अर्जेन्टिना र क्यानडा तथा उरुग्वे र कोलम्बिया खेल्नेछन् । फाइनल खेल जुलाई १५ तारिख र तेस्रो स्थानको खेल जुलाई १४ तारिखमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय