अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 14:09

युरो कप फुटबलमा आज चार वटा खेल हुँदै, राति पाैने १ बजे पाेर्चुगल र जर्जिया खेल्दै

बिआरटीनेपाल २०८१ असार १३ गते ६:५७ मा प्रकाशित

युरो कप फुटबलमा आज राति चार वटा खेल हुँदैछन् । राति पौने १० बजे फ्र्याङ्कफर्टमा समूह ‘ई’ का स्लोभाकिया र रोमानिया खेल्दैछन् । रोमानिया २ खेलमा ३ अङ्कसहित शीर्ष स्थानमा छ । स्लोभाकिया पनि २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।यस्तै राति पौने १० बजे नै स्टुटगर्टमा यही समूहका युक्रेन र बेल्जियम खेल्दैछन् । बेल्जियम २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ । युक्रेन पनि २ खेलमा ३ अङ्कसहित पुछारमा छ ।

यस्तै राति पौने १ बजे गेलसेनकिर्चेनमा समूह ‘एफ’ का जर्जिया र पोर्चुगल खेल्दैछन् । पोर्चुगल २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ । जर्जिया २ खेलमा १ अङ्कसहित पुछारमा छ ।यस्तै राति पौने १ बजे नै हमबर्गमा यही समूहका चेक रिपब्लिक र टर्की खेल्दैछन् । टर्की २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ । चेक रिपब्लिक २ खेलमा १ अङ्कसहित तेस्रो स्थानमा छ । यसअघि स्पेन, जर्मनी, पोर्चुगल, स्विट्जरल्यान्ड, इटाली, डेनमार्क, इङ्गल्यान्ड, फ्रान्स र अस्ट्रिया युरो कपको अन्तिम १६ मा पुगिसकेका छन् । अब ६ वटा टोलीको टुङ्गो लाग्न बाँकी छ । अन्तिम १६ का खेल आउँदो शनिवारदेखि शुरु हुनेछ ।

प्रतिक्रिया