अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 18:45

अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन मिन्दैन : कप्तान पौडेल

बिआरटीनेपाल २०८१ असार ७ गते ६:०६ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ । बिहीबार टि २० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा कप्तान पौडेलले यस्तो बताउनुभयो ।

कप्तान पौडेलले टिममा आत्मविश्वास भएपनि मैदानको स्थितिले जित हात पार्न नसकिएको बताउनुभयो । उहाँले अमेरिका र वेस्टइण्डिजको पिचमा कुनैपनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो।

कप्तान पौडेलले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको बताउँदै फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया